Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

पार्टीको पनि निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन- आशिका तामाङ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफूलाई दलको आन्तरिक निर्वाचन र देशको निर्वाचन गराउने आयोग फरक–फरक हुने विषयबारे जानकारी नभएको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो अज्ञानतालाई लिएर ‘मिडिया ट्रायल’ नगर्न आग्रह गरेकी छन् । उनले पार्टीको महाधिवेशनका क्रममा भएको निर्वाचनलाई सुरुमा राष्ट्रिय निर्वाचनसरह सम्झिएको उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा उनले लेखेकी छन्, ‘मैले सोचेँ फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग जस्तो लागेको थियो । पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान ममा भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ र ?’

राजनीतिमा प्रवेश गरेको करिब दुई महिना मात्र भएको उल्लेख गर्दै उनले आफू अझै सिकाइको चरणमै रहेको स्पष्ट पारेकी छन्। “न मेरो बुबा राजनीतिज्ञ, न आमा, म आफैं नयाँ हुँ, सिक्दै बुझ्दै जानु स्वाभाविक हो,” उनले भनिन्।

महाधिवेशन प्रक्रियाबाट आफूले मुख्य रूपमा बुझेको कुरा भनेको अन्ततः सबैभन्दा बढी असर सामान्य नागरिक र भुइँ तहका मानिसहरूलाई नै पर्ने हो भन्ने निष्कर्षमा पुगेको उनले बताएकी छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट