Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार १ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट