रास्वपा महाधिवेशन : महामन्त्रीमा ८ जनाको उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चितवनमा जारी प्रथम महाधिवेशन अन्तरगतको दोस्रो चरणको पदाधिकारी निर्वाचनको अन्तिम नामावली सार्वजनिक हुँदा महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
एक जना पुरुष खुलातर्फको उपसभापति पदमा स्वर्णीम वाग्ले सर्वसम्मत भएका छन् भने पार्टी सभापति रवि लामिछाने पनि सर्वसम्मत बनेका छन् । आज ५ पदाधिकारीका लागि निर्वाचन हुँदैछ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया