Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

रास्वपा केन्द्रीय सदस्यको नाम हटाइयो भन्दै सोम शर्माको उजुरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सोम शर्माले आफ्नो नाम अन्तिम सूचीबाट हटाइएको भन्दै पार्टीमा औपचारिक उजुरी दिएका छन्।

गण्डकी भूगोलबाट ९९३ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरिसकेको अवस्थामा पछि आमसञ्चार माध्यममार्फत सार्वजनिक गरिएको सूचीमा आफ्नो नाम हटाइएको थाहा पाएको शर्माले उजुरीमा उल्लेख गरेका छन्।

उनले आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारलाई माथि राख्दै आफ्नो नाम हटाइनु निर्वाचनको मर्म, ९९३ जना मतदाताको अभिमत र जनादेशमाथिको गम्भीर अन्याय भएको बताएका छन्।

शर्माले उक्त निर्णय तत्काल सच्याउन पार्टी नेतृत्वसँग माग गरेका छन्। अन्यथा आफू कानुनी तथा न्यायिक उपचारको बाटो अपनाउन बाध्य हुने चेतावनी दिएका छन्।

यस विषयमा रास्वपा निर्वाचन समिति वा पार्टी नेतृत्वबाट भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट