Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सुकुमवासी बस्तीका विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न निर्देशन


काठमाडौं । सरकारले सुकुमवासी बस्तीका विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बस्ती स्थान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् ।

त्यसैअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित बस्तीमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

सुकुमवासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ ।

सुकुमवासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहहरूलाई मन्त्रालयले अनुरोध गरेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट