घटेको मूल्यमा तेल नबाँडने पेट्रोल पम्पलाई ‘सिल गरिदै
काठमाडौं । घटेको मूल्यमा तेल नबाँडने पेट्रोल पम्पलाई सिल गरिने भएको छ । काठमाडौँ लगायत देशभरका धेरै पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्ने बोर्ड टाँसेर पम्प बन्द गरेपछि नेपाल आयल निगमले त्यस्ता पम्पलाई कारबाही स्वरुप सिल गर्न थालेको हो ।
बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको छ । उक्त टोलीले सम्बन्धित पेट्रोल पम्पमा जाने र बन्द भएको वा इन्धन वितरण नगरेको पाइए तत्कालै सिल गर्ने कार्यादेश पाएको छ ।
मङ्गलवार नेपाल आयल निगमले पेट्रोलमा २० रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँको दरले मूल्य घटाएको थियो ।
क्याटेगोरी : अर्थ, समाचार













प्रतिक्रिया