केन्द्रीय समितिको भर्चुअल बैठकमा न्यून उपस्थिति, कोरमबारे प्रश्न
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक सोमबार सम्पन्न भएको छ । महाधिवेशनसँग सम्बन्धित आचारसंहिता र नियमावली पारित गर्न बोलाइएको बैठकमा पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले धारणा राखेका थिए ।
करिब २,४०० भन्दा बढी केन्द्रीय सदस्य रहेको समितिमा करिब ६०० जना मात्र सहभागी भएको एक केन्द्रीय सदस्यले बताए । न्यून उपस्थितिका कारण कोरम नपुगेको दाबी गर्दै केही सदस्यले निर्णय प्रक्रिया माथि प्रश्न उठाएका छन् ।
केहीले “भिडियो सन्देश दिएको भए हुन्थ्यो बैठकको नाम किन दिइयोरु” भन्दै ब्यङ्ग्य गरे भने महाधिवेशन पनि यही शैलीमा माथिबाट थोपरेर सम्पन्न गरिने हो कि भन्ने असन्तुष्टि समेत ब्यक्त गरे ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया