कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई बिहीबार बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट नियन्त्रणमा लिइएको हो । जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई एक महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। उक्त फैसला विरुद्धको पुनरावेदनपछि उच्च अदालतले थप सात दिन कैद र दुई हजार रुपैयाँ जरिवाना हुने निर्णय गरेको प्रहरीले जनाएको छ । सोही अन्तिम फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया