Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

बर्दियाबाट सुरु भयो सुकुम्बासीलाई लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी


सरकारले बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ। अभियानअन्तर्गत बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा प्रदान गरिएको हो।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका ती परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनीको मान्यता प्राप्त गरेका छन्। यससँगै उनीहरूले बैंकिङ सेवा, ऋण सुविधा तथा विभिन्न सरकारी सेवामा सहज पहुँच पाउनेछन्।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यले लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी बनाइनेछ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट सुरु भएको अभियानलाई क्रमशः देशभर विस्तार गरिने जानकारी दिइन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट