Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायोजन, कुन रुटमा कति ?


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सो बारे जानकारी समेत गराएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । घटेको भाडादर बुधबारबाटै लागु हुने समेत प्राधिकरणले जनाएको छ ।

नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम २३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज-भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ ।

काठमाडौं-धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ ।

काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको प्राधिकरणले झरेको छ ।

 

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट