नेप्से अध्यक्ष बस्यालले दिए राजीनामा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले आफ्नो राजीनामा बुझाएका हुन्।
तत्कालीन सरकारले बस्याललाई २०८२ भदौ १९ गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो । उनले आफ्नो कार्यकाल एक वर्ष नहुँदै नेप्सेबाट राजीनामा दिएका हुन् । यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पनि पदबाट राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामासँगै नियामक निकाय सेबोन र बजार सञ्चालक नेप्से दुवै नेतृत्वविहीनको अवस्थामा पुगेको छ ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया