३ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार रुपैयाँले घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया