Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस


काठमाडौं । संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार बसेको परिषदको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। उनी अहिले सर्वोच्च अदालतका रजिस्ट्रार हुन्।

बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा राजीव सुब्बा र असार २३ देखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।

पूर्वडिआइजी सुब्बा नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ थिए। प्रहरी सेवाबाट अवकाश पाएपछि उनी मदन भण्डारी विश्वविद्यालयमा पनि आबद्ध भए।

त्यस्तै, वाग्ले यसअघि निर्वाचन आयोगमा उपन्यायाधीवक्ता (सरकारी वकील) थिए। उनले त्यहाँबाट अवकाश पाइसकेका छन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट