प्रहरी हुँ भन्दै १५ लाख ५० हजार ठगी
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम घर भई काठमाडौंको गल्कोपाखा बस्ने ३३ वर्षीया दिपिका बोहोरा ९तामाङ० रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी तथा एसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।
एसपी क्षेत्रीका अनुसार बोहोराले प्रहरी सहायक निरीक्षक हुँ भन्दै प्रहरीको पोशाक लगाएको तस्बिर विभिन्न आश्वासन दिई इसेवा तथा मोबाइल बैंकिङमा पटक(पटक गरी १५ लाख ५० हजार राख्न लगाएकी थिइन् ।
पीडितको निवेदनका आधारमा उनलाई कार्यालयबाट खटिएको प्रहरीले असार १८ गते गोंगबुबाट पक्राउ गरेको क्षेत्रीले जानकारी दिए । थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया