Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु


काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालनमा आएको छ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडीमा आधारित बीमा सेवा पुनः सुरु भएको हो । केही समयदेखि केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित रहेको थियो।

स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना (रिइम्बर्समेन्ट) बापत प्राप्त हुनुपर्ने रकम समयमै उपलब्ध नभएपछि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भएको भन्दै केन्द्रले यसअघि सेवा स्थगित गरेको थियो।

अब भने आवश्यक व्यवस्थापनपछि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएसँगै बीमित सेवाग्राहीले केन्द्रबाट ओपीडी सेवा पुनः स्वास्थ्य बीमामार्फत लिन सक्ने भएका छन्।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट