Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

ट्राफिक प्रहरीले भन्यो– गणेश नेपालीलाई हामीले कुनै जरिवाना गरेका छैनौँ


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनासँग ट्राफिक प्रहरीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा ट्राफिक प्रहरीले जरिवाना गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेको भन्ने दाबी निराधार र भ्रामक भएको जनाएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक ९एसपी० नरेशराज सुवेदीद्वारा जारी विज्ञप्तिमा नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको उल्लेख गर्दै घटनालाई ट्राफिक कारबाहीसँग जोडेर प्रचार गर्नु तथ्यविपरीत भएको बताइएको छ ।

ट्राफिक प्रहरीका अनुसार घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा नहुँदै आधिकारिक पुष्टि नभएका विषयलाई सुरक्षा निकायसँग जोडेर प्रचार–प्रसार गर्दा भ्रम फैलिने भएकाले यस्ता अपुष्ट सूचना सम्प्रेषण नगर्न कार्यालयले आग्रह गरेको छ ।

कार्यालयले तथ्य र प्रमाणबिना ट्राफिक प्रहरीको नाम जोडेर सार्वजनिक गरिएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जिम्मेवार र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।

traffic-bigyapti-about-ganesh-1783650800.jpg


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट