Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

१८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोलामा १ सय १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ८ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट