Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा


काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्।

बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्।कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको सांगठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट