Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध


काठमाडौं । नेपाल विद्युत प्राधिकरण स्युचाटार सबस्टेसनको १३२ केभी बसबारमा आकस्मिक समस्या देखिएको छ । समस्या देखिएपछि मर्मतका लागि काठमाडौंका विभिन्न क्षेत्रमा करिब एक घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, स्युचाटार, पाटन, के–३ (सिंहदरबार क्षेत्र) र टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रहरूमा सेवा प्रभावित हुनेछ ।

प्राधिकरणले स्युचाटार सबस्टेसनको १३२ केभी बसबारमा आएको आकस्मिक समस्याको मर्मतका लागि सटडाउन आवश्यक परेको जनाएको छ । मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार पुनः सुचारु गरिने जानकारी पनि दिइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट