पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणमा
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल एक साताव्यापी चीन भ्रमणका लागि शुक्रबार जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन्। चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले चिनियाँ उच्च नेतृत्वसँग नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, मैत्री तथा सहयोगका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। भ्रमणले दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। खनालको भ्रमण एक सातासम्म चल्ने बताइएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया