Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

स्वयम्भू क्षेत्रमा पनि डोजर


काठमाडौं । स्वयम्भू क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलाइएको छ ।

सडक तथा सार्वजनिक क्षेत्र अतिक्रमणमुक्त बनाउने अभियान अन्तर्गत स्वयम्भू वरपरका अवैध संरचनाहरू हटाउन सुरु गरेको जनाइएको छ । सो क्रममा डोजरसँगै महानगर प्रहरी बल र अन्य सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सडक छेउ तथा सार्वजनिक जग्गा ओगटेर बनाइएका टहरा, पसल र अस्थायी संरचनाहरू हटाइएको हो । अभियानका क्रममा स्थानीयस्तरमा केही असन्तुष्टि देखिए पनि सुरक्षाकर्मीको उपस्थितिमा काम अघि बढाइएको जनाइएको छ ।

यसैबीच, शनिबार बिहान काठमाडौंका अन्य क्षेत्रमा पनि डोजर सञ्चालन गरिएको छ । माछापोखरी, बालाजु लगायतका स्थानमा नदी उकास तथा सडक किनारका अतिक्रमित संरचनाहरू हटाइएको जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट