Techie IT
KTM Post
सोमबार, ११ साउन, २०८३

पोखरा स्पोर्टस् अवार्डबाट सात लाख ७१ हजार बचत


गण्डकी। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले गत वैशाखमा आयोजना गरेको दसौँ रारा पोखरा स्पोर्टस् अवार्डबाट रु सात लाख ७१ हजार ४१८ बचत गरेको छ। मञ्चले आज यहाँ अवार्ड कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै रु ३४ लाख ७५ हजार ९३८ आम्दानी र रु २७ लाख चार हजार ५२० खर्च भएको जनाएको हो।

दसौँ संस्करणको अवार्डमा हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ मुख्य प्रायोजक तथा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल सह-प्रायोजक रहेका थिए। गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् (गण्डकी), पोखरा महानगरपालिकालगायत विभिन्न स्थानीय तह, व्यावसायिक संस्था तथा सामाजिक सङ्घसंस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष एमबी आस्था मगरले बताए।

उनका अनुसार उक्त प्रतियोगितामा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिएको थियो। मञ्चले वि.सं. २०७२ देखि निरन्तर रूपमा स्पोर्टस् अवार्डको आयोजना गर्दै आएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट