Techie IT
KTM Post
आईतबार, १० साउन, २०८३

तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक


काठमाडौं। तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन्।

चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया, सिङ्गापुर, मलेसिया, बङ्गलादेश, थाइल्यान्ड, भियतनाम, हङकङ, पाकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो।

अन्तिम चरणमा थाइल्यान्ड र चीनलाई पराजित गर्दै वैभवीले पुम्से विधामा स्वर्ण जितेकी हुन्। उता क्योरुगी विधाको निकै प्रतिस्पर्धात्मक खेलमा थाइल्यान्डसँग अन्तिम चरणमा पराजित हुँदै वैभवी दोस्रो भइन्।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट