Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

एनएसजेएफ स्पोर्ट्स अवार्ड भदौ १८ गते


काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको २३औँ संस्करण आउँदो भदौ १८ गते काठमाण्डौमा हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो । गएको संस्करण पहिलो पटक उपत्यकाबाहिर पोखरामा आयोजना भएको थियो ।

यस पटक वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एशियन स्पोट्र्स जर्नालिस्ट अवार्ड गरी ९ वटा विधामा सम्मान प्रदान गरिनेछ ।

गएको वर्ष दीपेन्द्रसिंह ऐरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाडी पूजा महतो घोषित भएका थिए ।

त्यस्तै स्पेसल अवार्डबाट तुलसीकुमार गुरुङ, पारा एथ्लिट सम्मानबाट प्रभा आङ्देम्बे, एशियन जर्नालिस्ट स्पोट्र्स अवार्डबाट बङ्गलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट