Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

वाम राजनीतिमा भूमिकाको उलटफेर : एमालेमा पूर्व माओवादी, माओवादीमा पूर्व एमाले प्रवक्ता


काठमाडौं । नेपालको वाम राजनीतिमा पछिल्ला वर्षहरूमा भएको एकता, विभाजन र पुनःसंरचनाले नेतृत्वदेखि प्रवक्तास्तरसम्म उल्लेखनीय फेरबदल ल्याएको छ। यसले साविक नेकपा एमाले र माओवादी केन्द्र पृष्ठभूमिका नेताहरूलाई एकअर्काको संगठनमा महत्वपूर्ण भूमिकामा स्थापित गराएको देखिन्छ।

पूर्व माओवादी नेता लेखराज भट्ट अहिले एमालेमा उपमहासचिव तथा प्रवक्ताको जिम्मेवारीमा सक्रिय छन्। उता, माओवादी धारको नयाँ संरचना नेपाली कम्युनिस्ट पार्टी मा भने पूर्व माओवादी अग्नि सापकोटा लाई प्रवक्ताबाट हटाएर पूर्व एमालेका प्रकाश ज्वाला देवकोटा लाई उक्त जिम्मेवारी दिइएको छ।

पार्टीभित्रको वरियतामा पनि उल्लेखनीय परिवर्तन देखिएको छ। पूर्व एमाले नेता माधव कुमार नेपाल माओवादी संरचनामा दोस्रो वरियतामा छन् भने एमालेभित्र पूर्व माओवादी नेता रामबहादुर थापा “बादल” पनि दोस्रो स्थानमा रहेका छन्। उनी केपी शर्मा ओली जेल परेका बेला कार्यवाहक अध्यक्षसमेत बनेका थिए र हाल संसदीय दलको नेतृत्वमा छन्।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” पुनः एमालेसँग एकता गर्दै संसदीय दलको नेता बन्ने रणनीतिमा रहेको चर्चा छ। यदि यस्तो समीकरण अघि बढ्यो भने संसदमा वाम शक्तिहरू नेपाली कांग्रेस भन्दा ठूलो शक्ति बन्ने सम्भावना देखिन्छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट