घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया