Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

धोबीखोला करिडोरको साततले घर भत्काइँदै, दुईवटा डोजर आए


काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो घर पनि भत्काउने तयारी गरिएको छ । अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउने तयारी गरेको हो । अहिले उक्त घरबाट सुरक्षाकर्मीले सामान निकालिरहेका छन् । घर भत्काउनका लागि दुईवटा डोजर भर्खरै ल्याइएको छ ।

यो भवमा थुप्रै रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायत थुप्रै व्यवसायहरु सञ्चालनमा रहेका छन् । घर धनीले आफूसँग जग्गाको लालपूर्जा रहेको बताउँदा बताउँदै घर भत्काउन लागिएको हो ।

केही दिनदेखि यो घर सामाजिक सञ्जालमा चर्चित थियो । यो क्षेत्रमा रहेका सुकुमवासीका अन्य घरहरु यसअघि भत्काइसकिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट