Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

नेप्से घट्ने क्रम जारी, कारोबार रकम ४ अर्ब २६ करोड


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४१ स्टकको ६८ हजार ६३५ पटकको कारोबारमा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँबराबरको १ करोड ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.०२ अंक बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।

यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १६४ रुपयाँ ४० पैसा बढेर १ हजार २६० रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट