Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कार्यविभाजनप्रति यादवको असहमति, ‘कम्युनिस्ट आन्दोलन विसर्जनतर्फ धकेल्ने खतरा


काठमाडौं । मधेशी राष्ट्रिय मुक्ति मोर्चाका संयोजक तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जगत यादवले पार्टीको पछिल्लो कार्यविभाजनप्रति गम्भीर असहमति जनाएका छन् । उनले उक्त कार्यविभाजनलाई “अन्यायपूर्ण र विभेदपूर्ण” भन्दै स्वीकार गर्न नसकिने बताएका हुन् ।

यादवले भने, पार्टी नेतृत्वले जिम्मेवारी बाँडफाँट गर्दा योगदान, राजनीतिक भूमिका र संगठनात्मक आवश्यकतालाई बेवास्ता गरेको बताएका छन् । उनले यस्तो प्रवृत्तिले पार्टीभित्र असन्तोष बढाउने मात्र नभई बाँकी रहेको कम्युनिस्ट आन्दोलनलाई समेत विसर्जनतर्फ धकेल्ने चेतावनी दिएका छन् ।

उनले हालैको निर्वाचनमा भएको “शर्मनाक पराजय” पछि पनि पार्टीको शीर्ष नेतृत्वमा आत्मसमीक्षा र राजनीतिक चेत नआएको टिप्पणी गरेका छन् । यादवका अनुसार निर्वाचन परिणामले पार्टीको कार्यशैली, नेतृत्व पद्धति र जनतासँगको सम्बन्धबारे गम्भीर प्रश्न उठाएको भए पनि नेतृत्व त्यसबाट पाठ सिक्न असफल भएको छ ।

उनले पार्टीभित्र लोकतान्त्रिक बहस, समावेशी नेतृत्व र न्यायपूर्ण कार्यविभाजनको आवश्यकता औंल्याउँदै वर्तमान शैली नसच्याइए संगठन थप कमजोर बन्ने दाबी गरेका छन् । यादवको अभिव्यक्तिलाई पार्टीभित्र बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट