नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौं । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । अधिवेशन सुरू भएकै दिन सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्नु हुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ।’
क्याटेगोरी : समाचार










प्रतिक्रिया