Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु


काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ ।

आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे । तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको थियो ।

बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिइएको छ । यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीनरतीन मिनेट बोल्न समय दिइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट