स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैन : सांसद खरेल
काठमाडौं । प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर कार्यक्रमको सन्दर्भमा स्वीटजरल्याण्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछेर आएका समाचारप्रति खेद व्यक्त गरे ।
पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता खरेलले त्यस्ता अपुष्ट र गलत समाचार पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रेस काउन्सिल नेपालको पनि ध्यानाकर्षण गरे।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया