नेपाल कार्बन प्राधिकरण गठन गर्ने घोषणा
काठमाडौं । सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
नीति तथा कार्यक्रममा भनिएको छ– सरकारले नेपाल कार्बन प्राधिकरण गठन गरि रेडप्रस कार्यक्रम विस्तार गरिनेछ । सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिनेछ ।
त्यस्तै, नीतिगत सुधार मार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठलाई प्रोत्साहन गरिने भएको छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया