हुलाकी, पुष्पलाल लगायतका आयोजना शीघ्र निर्माण सम्पन्न गरिने सरकारको घोषणा
काठमाडौं । सरकारले हुलाकी, पुष्पलाल लगायतका आयोजना, द्रुतमार्ग र लिंकमार्ग शीघ्र निर्माण सम्पन्न गरिने घोषणा गरेको छ।
यस्तै विद्युतीय मास ट्रान्सपोर्ट र बाह्रै महिना सडक सञ्चालन योग्य निर्माण गरिने सरकारले घोषणा गरेको छ । सार्वजनिक यातायात र सडकसम्बन्धी नयाँ नीति ल्याउनुका साथै समयमा पूर्वाधार निर्माण गर्न कडाइ गरिनेछ । सडक दुर्घटना नियन्त्रण गर्न एआईमा आधारित डिजिटल प्रविधि कार्यान्वयनमा ल्याउने पनि घोषणा गरिएको छ ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया