Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

४४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ४४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५६ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट