Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

आज देशका अधिकांश स्थानमा मौसम सुधारको सम्भावना कम


काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पूर्णरुपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको असर अधिकांश स्थानमा देखिएकाले पूर्णरुपमा मौसम खुल्ने अवस्था नरहेको हो । जसमा बेला–बेला घाम लागे पनि मौसम भने पूर्ण रुपमा खुल्न केही दिन लाग्ने जनाइएको छ ।

कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भाग हल्का वर्षा र तराईका क्षेत्रमा भने केही स्थानमा भने मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । देशको पश्चिम भूभागतर्फ वर्षा क्रमश कम हुँदै जाने पूर्वानुमान छ ।

मंगलबार र बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा भने आंशिक बादल लाग्नेछ ।

पश्चिमी वायुका कारण देशका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट