Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको हो । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ ।

उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ ।

काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट