Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

नेपालको शानदार जित: कुशल भुर्तेलको शतकमा अमेरिकालाई नाै विकेटले पराजित


काठमाडौं । कुशल भुर्तेलको विस्फोटक शतकको मद्दतमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकालाई ९ विकेटले पराजित गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमै मात्र १ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अविजित १२० रनको शानदार पारी खेले। उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गर्दै टोलीलाई एकपक्षीय जिततर्फ डोर्याए।

त्यस्तै, अर्का ओपनर आशिफ शेखले ७२ बलमा ५८ रनको महत्वपूर्ण योगदान दिए भने इशान पाण्डेले ३० बलमा २० रन बनाए।

अमेरिकाका तर्फबाट मोहम्मद मोहशिनले मात्र एक विकेट लिन सफल भए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो। नेपालको बलिङ र फिल्डिङ प्रदर्शन पनि किफायती र अनुशासित देखिएको थियो।

यो जितसँगै नेपालको विश्वकप लिग–२ यात्रामा आत्मविश्वास थपिएको छ।


क्याटेगोरी : Uncategorized

प्रतिक्रिया


ताजा अपडेट