Techie IT
KTM Post
बिहीबार, ३१ वैशाख, २०८३

गंगा दाहालबारे अमरेश सिंहको पुरानो स्टाटस फेरि चर्चामा, सामाजिक सञ्जालमा बहस तीव्र


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहाललाई लिएर पूर्वस्वतन्त्र सांसद तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध सांसद डा. अमरेश कुमार सिंहले सामाजिक सञ्जालमा गरेको पुरानो टिप्पणी फेरि चर्चामा आएको छ । उक्त पोस्टलाई माओवादी आन्दोलनमा क्रियाशील युवा नेता मुमाराम खनालले सार्वजनिक रूपमा समर्थन गरेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको स्क्रिनसटमा डा. सिंहले “प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेका छन्, त्यसका प्रमाण सुरक्षित रहेको” दाबी गरेका छन् । उनले “समय आएपछि ती प्रमाण जनता र मिडियामा ल्याइने” उल्लेख गरेका छन् ।

त्यसैगरी मुमाराम खनालले उक्त स्टाटसलाई उद्धृत गर्दै “सांसद अमरेशकुमार सिंहको कुरा सतप्रतिशत सत्य हो” भन्दै समर्थन जनाएका थिए । उनले प्रचण्ड परिवारमाथि गम्भीर आरोप लगाउँदै “पैसाका लागि जे पनि गर्न सक्ने प्रवृत्ति” रहेको टिप्पणी गरेका थिए ।

अब डा. सिंहले सम्बन्धित निकायलाई प्रमाण उपलब्ध गराएर अनुसन्धानमा सहयोग गर्नुपर्ने तर्क आइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत गंगा दाहालमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।

यति गम्भीर विषयमा पनि गंगा दाहाल पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन ।

राजनीतिक विश्लेषकहरूका अनुसार जिम्मेवार व्यक्तिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने यस्ता गम्भीर विषय र यसमा छानविन नगर्ने राज्य संयन्त्र, राजनीतिक नेतृत्व र सार्वजनिक विश्वासमाथि प्रत्यक्ष प्रभाव पार्ने भएकाले प्रमाणसहित सत्यतथ्य सार्वजनिक हुनु आवश्यक देखिन्छ ।


क्याटेगोरी : Uncategorized, राजनीति

प्रतिक्रिया


ताजा अपडेट