Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कीर्तिमानी आरोही कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन् ।

आफ्नै कीर्तिमान तोड्दै आज बिहान कामिरिताले ३२औँ र ल्हाक्पाले ११औँ पटक सगरमाथा आरोहण गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट