Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट