मालपानीको करेन्ट र लाली चाउचाउ फिर्ताको निर्णय देखावटी मात्रै
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले करेन्ट र लाली चाउचाउको नमुना परीक्षण गर्दा स्वच्छ नदेखिएको भन्दै बजारबाट फिर्ता गर्न गत बिहिवार नै उत्पादक कम्पनीलाई निर्देशन दिएको थियो।
बिभागको आदेशमा भनिएको थियो- “उत्पादकबाट उत्पादित उक्त खाद्य पदार्थमा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप नपाइएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नं. का सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा (४) बमोमिज बिक्री वितरण नगर्न–नगराउनुहुन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादकलाई यो आदेश जारी गरिएको छ।”
तर यतिका दिनसम्म पनि करेन्ट र लाली चाउचाउ बजारमा छ्यापछ्याप्ती पाइन्छन्। न कम्पनीका बिक्रेताले यसलाई फिर्ता लैजान चासो दिएका छन्, न त बजारका होलसेल तथा खुला बिक्रेताले नै बेच्न छाडेका छन्। उपभोक्तासम्म त यी चाउचाउ अखाद्य छन् भन्ने सूचनासम्म पुगेको छैन।
नियामक निकायले निर्णय वा निर्देशन गर्दिने, अनुगमन गर्ने प्रशासनिक निकाय चुपचाप रहने यस्तो हर्कतले उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड गरिएको देखिंदैछ। त्यति मात्र होइन, यसमा आर्थिक मिलिभगत भैरहेको आशंका समेत गर्न थालिएको छ।
ब्याच नम्बर ‘०४ ए’मा उत्पादित करेन्ट चाउचाउ सय ग्रामको छ भने ‘०२ ए’ ब्याचमा उत्पादित लाली चाउचाउको ५० ग्रामको छ। यी दुबै चाउचाउको उत्पादक यशोदा फुड्स प्रा.लि. हो।
यसका मालिक कमलकिशोर मालपानी हुन्, जो सुर्ती उद्योगी रूपमा समेत परिचित छन्। राजस्व छलिमा उनको नाम पटकपटक जोडिने गरेको छ। हालका प्रधानमन्त्री बालेन शाहलाई गत चुनावमा करोडौं पर्ने गाडी दिएर बालेन सँगसँगै उनी पनि चर्चित बनेका थिए।
क्याटेगोरी : Uncategorized













प्रतिक्रिया