Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

ह्वाइट हाउसनजिकै गोली चल्यो


काठमाडौं । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ। गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन्।

सेक्रेट सर्भिसका अनुसार शनिबार साँझ ६ बजे (स्थानीय समयअनुसार) तिर १७ औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन सुरु गरेका थिए। घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै थिए। घटनालगत्तै ह्वाइट हाउसलाई केही समयका लागि ‘लकडाउन’ गरिएको थियो।

उक्त घटनामा एक बटुवा समेत घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षा निकायका तर्फबाट भने कोही पनि घाइते नभएको बताइएको छ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट