Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

१ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट