सरकारी अस्पतालमा अब आइतबार पनि सार्वजनिक बिदा हुने
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब सरकारी अस्पतालहरूमा पनि आइतबार बिदा हुने भएको छ। मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सरकारी कार्यालयहरूसँगै स्वास्थ्य संस्थाहरूमा पनि शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको हो।
यसअघि शनिबार मात्र बिदा हुँदै आएकोमा अब आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा ओपीडी लगायतका प्रशासनिक सेवाहरू बन्द रहनेछन्। यद्यपि, अस्पतालको आकस्मिक सेवा इमर्जेन्सी र अन्तरङ्ग सेवा भर्ना भएका बिरामीको उपचार भने २४सै घण्टा सुचारु रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सातामा दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने र प्रशासनिक खर्चमा कटौती हुने सरकारको विश्वास छ। तर, बिरामीको चाप बढी हुने सरकारी अस्पतालहरूमा दुई दिन बिदा दिँदा सेवाग्राहीहरूलाई मर्का पर्न सक्ने भन्दै केही स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। आइतबारको बिदाका कारण सोमबार अस्पतालहरूमा बिरामीको अत्यधिक भीड हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले वैकल्पिक व्यवस्थापनका बारेमा पनि छलफल गरिरहेको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली










प्रतिक्रिया