बजेट प्रस्तुत हुँदाहुँदै बाहिरिए हर्क
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ का सांसद हर्क साम्पाङ अर्थमन्त्रीले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न सुरु गरेलगत्तै बैठक कक्षबाट बाहिरिएका छन्।
संसद् भवनबाट बाहिरिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको उपस्थितिलाई लिएर प्रतिक्रिया जनाएका छन्। प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बनाउन आफूले निरन्तर दबाब दिएको दाबी गर्दै साम्पाङले फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री आए जवाफदेही बनाउने मेरो दबाब हो”
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा प्रधानमन्त्री बैठकमा अनुपस्थित रहेको प्रसंग उल्लेख गर्दै उनले यसपटक भने प्रधानमन्त्री स्वयं उपस्थित भएर बजेट भाषण सुनेको बताएका छन्।
प्रधानमन्त्री उपस्थित भइसकेपछि बजेट भाषण उनैले सुनून् भन्ने सोचका साथ आफू बैठकबाट बाहिरिएको सांसद साम्पाङको भनाइ छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया