Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

४३ देशको लागि संसदीय मैत्री समूह गठन, कुन देशको जिम्मा कसलाई ? (सूचीसहित)


काठमाडौं । ४३ देशको लागि संसदीय मैत्री समूह गठन भएको छ । दलहरूको भागवण्डाका आधारमा मैत्री समूह गठन गरिएको हो ।

नेपाल–चीन, नेपाल–भारत, नेपाल–अमेरिका मैत्री समूहको संयोजकको जिम्मा रास्वपाका सांसदले पाएका छन् । जसअनुसार नेपाल–भारत मैत्री समूहको संयोजकमा रास्वपाका विपीन आचार्य, नेपाल–चीन मैत्री समूहको संयोजकको जिम्मा उपनेता गणेश पराजुलीले पाएका छन् । अमेरिकाको संयोजकको जिम्मा निशा डाँगीले पाएकी छन् ।

नेपाल–अस्ट्रेलिया मैत्री समूहको नेतृत्व नेपाली कांग्रेसले पाएको छ । कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई संयोजकको जिम्मेवारी दिइएको हो ।

नेपालसँग दौत्य सम्बन्ध भएका देशमा संसदीय मैत्री समूह गठन गर्ने गरिन्छ । विभिन्न देशसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्नका लागि राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका सांसदहरू रहेका संसदीय मैत्री समूह गठन गर्ने गरिएको छ ।

जुन विषय प्रत्यक्ष रुपमा अर्को देशको कार्यकारीलाई भन्न सकिँदैन, त्यस्तो विषय मैत्री समूह जस्ता संयन्त्रहरूमार्फत भन्ने अभ्यास छ । जसले अप्रत्यक्ष रूपमा अर्को देशको धारणा थाहा पाएर सम्बन्धित देशले आफ्नो पोजिसन क्लियर गर्छ । यो अभ्यास र्ट्याक टू डिप्लोमेसी अन्तर्गत पर्ने गर्दछ ।

नेपालले संसदीय अभ्याससँगै यस्तो संयन्त्र मार्फत कूटनीतिक अभ्यास गर्दै आएको छ । संविधानसभा यता अझ व्यवस्थित बनाइएको छ ।

हेर्नुहोस् सूची :

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट