Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

बालेन सरकारले गर्‍यो ७ बन्द उद्योग खोल्ने घोषणा


काठमाडौं। बालेन नेतृत्वको सरकारले लामो समयदेखि बन्द रहेका ७ वटा उद्योग पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमअन्तर्गत उत्पादनमूलक क्षेत्रलाई चलायमान बनाउन र रोजगारी सिर्जना गर्न यी उद्योग पुनः सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको हो।
सरकारले बन्द उद्योगहरूलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याई स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा आर्थिक गतिविधि विस्तारमा जोड दिने जनाएको छ। यस घोषणालाई औद्योगिक क्षेत्रको पुनरुत्थानतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट