Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

छोरा हत्याको आरोपमा बाबु पक्राउ


काठमाडौं । छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका–१५ का ६३ वर्षीय डम्बर गिरी छन् । उनले ४३ वर्षीय छोरा शंकरको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवाद हुँदा डम्बरले छोरालाई धारिलो हतियार खुर्पाले हानेको प्रहरीले बताएको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका बाबुलाई कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट