टिकटकर तुलसा अधिकारीलाई आज अदालतमा पेश गरिँदै
काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई आज अदालतमा पेश गरिने भएको छ ।आज ललितपुर जिल्ला अदालतमा पेश गरिने भएको हो ।
शनिबार राति १ बजे अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । इन्टरपोलमार्फत उनलाई प्रहरीले थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।
शनिबार पक्राउ परेकी अधिकारीलाई आइतबार विदा परेकाले अदालतमा लैजान सकिए । उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरेर सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको थियो ।
अधिकारीविरुद्ध ललितपुरका एकजना व्यवसायीले जाहेरी दिएका थिए । मुद्दामा अधिकारी सहित १० जना प्रतिवादी छन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया